काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालको पुरानै नक्सा राखिएर छापिएको किताबहरु जफत गर्न निर्देशनदिएका छन् ।


ADVERTISEMENT


केही निजी प्रकाशकले  नयाँ संस्करण उल्लेख गरेपनि लिपुलेक, कालापानी र लिम्पियाधुराविहीन नक्सा नै राखेर पुस्तक छाप्दै विक्री गरेको पाइएपछि मन्त्री श्रेष्ठले सो निर्देशन दिएका हुन् ।


ADVERTISEMENT

# # #


यससंगै बुधवार बसेको बैठकमा उनले पुस्तक प्रकाशक एवम् बिक्रेतालाई समेत कानूनको दायरामा ल्याई हदैसम्मको कारबाही गर्न निर्देशन समेत दिएका छन् ।

यस्ता गतिविधिले देशको प्रतिष्ठामा आँच पुग्न भएकाले अनुगमन गरी पुरानै नक्सा राखी पुस्तक विक्री वितरण गर्नेलाई तत्काल प्रशरी प्रशासन लगाई कारवाहि गर्न समेत उनले अनुमति दिएका छन् ।

">