काठमाडौँ – उपत्यकाको निकै व्यस्त नयाँ बानेश्वर चोकमा आकाशेपुल जडानको काम अन्तिम चरणमा पुगेको छ ।


ADVERTISEMENT


बानेश्वर चोकमा पैदल यात्रुको अत्यन्त चाप बढ्दै गएपछि आकाशे पुल राखिएको हो । सडक विभागले झण्डै ३ करोडको लागतमा यो पुल निर्माण गरेको हो । बुधबार आकाशेपुलको मुख्यभागलाई क्रेनको साहायताले राखिएको थियो । अबको केहिदिनभित्रै आकाशेपुल सञ्चालनमा ल्याउने विभागले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


आकाशे पुल राखिएसँगै पैदल यात्रुहरूलाई सडक पार गर्न सहज हुने र यसले सवारी जाम कम हुन गर्न मद्दत पुग्ने ट्राफिक महाशाखाले जनाएको छ ।

भिडियो हेर्नुहोस्: