इटहरी– सुनसरी जिल्लाका पश्चिम क्षेत्रमा पर्ने बराह नगरपालिकाको प्रकाशपुर राजावास क्षेत्रको भित्री सडकखण्डमा को२५प ८८४३ नंको मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।


ADVERTISEMENT


उक्त घटनामा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बनेकी ८४ वर्षीया लीलामाया राईलाई घटनापछि उपचारका लागि विराटनगरको न्यूरो अस्पताल पुर्याई उपचार गर्ने क्रममा आज मृत्यु भएको प्रहरीले बताएको छ ।


ADVERTISEMENT

# # #


बुधबार अपराह्नतिर भएको उक्त मोटरसाइकल दुर्घटना गराउने मोटरसाइकल र त्यसका चालक भोक्राहा गाउँपालिका–३ का ४८ वर्षीय सत्यनारायण शर्मालाई पक्राउ गरी आवश्यक कानूनी कारबाही अघि बढाएको पनि प्रहरीले बताएको छ ।

त्यसैगरी प्रहरीले २०४५ सालमा डकैत गरेको अभियोगमा मुद्दा परी जिल्ला अदालत सुनसरीले छ वर्ष कैद सजाय सुनाइएका फरार अभियुक्तलाई पक्राउ गरी देवानगञ्ज–३ निवासी राजेन्द्र महतोलाई नियन्त्रणमा लिई अदालत पेश गरेपछि निजलाई कैद भुक्तानका लागि आज कारागार चलान गरेको पनि प्रहरीले बताएको छ ।