पोखरा – विभिन्न आपराधिक गतिविधिमा मुछिँदै आएका गणेश लामा पोखराबाट पक्राउ परेका छन् । गुण्डा नाइके भनेर चिनिने लामा बिहीबार पोखराको लेकसाइडस्थित एक होटेलबाट पक्राउ परेका हुन् ।


ADVERTISEMENT


उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । लामा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेलाई भेट्न पोखरा पुगेको बताइएको छ ।


ADVERTISEMENT

# # #


गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ आज प्रदेशसभामा विश्वासको मत पाउन असफल भएका थिए । मतदानमा मनाङे अनुपस्थित भएका थिए ।