काठमाडौँ– चर्चित गायक गायिका रामकृष्ण ढकाल एवम् मेलिना राईको सुमधुर आवाजमा सजिएको ‘सुनसरी इनरुवा’ बोलको गीत सार्वजनिक भएको छ ।


ADVERTISEMENT


उमेश रेग्मीको शब्द तथा संगीत रहेको सो गीत बिहिवार गोत्र इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत अफिसियल्ली रुपमा सार्वजनिक गरिएको हो ।


ADVERTISEMENT

# # #


भिडियो समेत बनिसकेको उक्त गीतमा गायक ढकालसंगै नायिका तथा मोडल रिमा विश्वकर्माको अभिनय देख्न सकिन्छ । निलास पौडेलको छायाँकन, विकास दाहालको सम्पादन तथा युवराज वाइवाको निर्देशन रहेको भिडियोमा सुनसरी जिल्लाको सदरमुकाम इनरुवा आसपासका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरू समेटिएको छ ।

भिडियोमा समेटिएको विभिन्न आर्कषण स्थलको वर्णनसँगै माया–प्रेमका भाव समेत व्यक्त गरिएकाले सो गीतलाई दर्शकले मन पराइदिने विश्वास लिएको छ ।

भिडियो हेर्न यहाँ थिच्नुहोस् :