काठमाडौँ – नेपाली काँग्रेसका बागमती प्रदेश सदस्य नरोत्तम वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिन काँग्रेसले निर्देशन दिएको छ । काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकाल्दै वैद्यलाई भिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिइएको बताएका छन् ।


ADVERTISEMENT


वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको मनोमानी बढ्दै गएकाले नेपालमा नाथुराम गोड्सेको आवश्यकता परेको विवादास्पद अभिव्यक्ति दिएका थिए । गोड्सेले सन् १०८४ मा भारतमा महात्मा गान्धीलाई गोली हानी हत्या गरेका थिए ।


ADVERTISEMENT

# # #


वैद्यले हिँसाका लागि प्रोत्साहन गरेको भन्दै उनको चौतर्फी आलोचना भएको थियो । शर्माले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘नेपाली कांग्रेस प्रष्ट छ अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन ।

आलोचना लोकतान्त्रिक हक हो तर त्यसको प्रयोग गरिंदा पार्टीको नीति र संस्कृतिलाई कुनै पनि तहको नेतृत्व र सदस्यले किमार्थ बिर्सन मिल्दैन । शान्तिपूर्ण राजनीतिको सालिनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी हुन्छ भने संसदमा संसदीय मर्यादाको पालना झनै अनिवार्य हुन्छ ।’