काठमाडौँ – नेपाली काँग्रेसका बागमती प्रदेश सदस्य नरोत्तम वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिन बागमती प्रदेशमा कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले निर्देशन दिएका छन् ।


ADVERTISEMENT


आलोचना गर्दा अपनाउनुपर्ने संयमता, परिपक्वता र पार्टीको नीति विपरित दिएको अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्नुपर्ने उनले बताए ।


ADVERTISEMENT

# # #


बागमती प्रदेशमा कांग्रेस संसदीय दलका नेता बानियाँमार्फत शुक्रबार बेलुकी पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्न सचेत समेत गराइएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन्।