काठमाडौँ – प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले स्थानीय रक्सीलाई ब्राण्ड बनाएर अर्थतन्त्र सबल बनाउन सकिने बताएका छन् ।


ADVERTISEMENT


आइतबार प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिनेक्रममा मुख्यमन्त्री राईले स्थानीय रक्सीलाई ब्राण्ड बनाएर आर्थिक उन्नती गर्न सकिने उल्लेख गरेका हुन् ।


ADVERTISEMENT

# # #


विभिन्न देशहरुले स्थानीय रक्सीलाई ब्राण्डङ गरेर विश्व बजारमा पुर्याएर आर्थिक लाभ लिइरहेकाले नेपालमा पनि प्रदेश सरकारले स्थानीय रक्सीलाई ब्राडिङ गर्नेतवर्फ अध्ययन गर्न बताए । ‘नेपालीहरु रक्सी खान जान्दछन् तर उनीहरु ब्राण्डिङ गर्न जान्दैनन्, सक्दैनन्’ उनले भने, ‘दक्षिण कोरियाले छ्याङ ब्राण्डिङ गरेर नेपालीलाई पठाइरहेको छ र मज्जाले किनेर नेपालजीहरु स्वादले खाइरहेका छन् ।’

नेपालीहरु विदेशीको रक्सीका खाएर त्यसकै गुणगान गाउने तर स्वदेशी घरेलू उत्पादनलाई प्रवर्द्धन र ब्राण्डिङ गर्न नजान्ने बताए । उनले अघि थपे, ‘हामी कसरी त्यसलाई समृद्धिसँग जोड्ने, कसरी आत्मनिर्भरतर्फ जाने र रोजगारी सिर्जना गर्ने भन्ने तर्फ हाम्रो ध्यान गइरहेको छैन ।’ स्थानीय उत्पादनलाई प्रवर्धन नगरेर समृद्धि आउन नसक्ने उनले बताए ।

उनले भने, ‘हामी त्यसतर्फ एक पटक अध्ययन पनि गर्दैनौँ, त्यसअर्फ अघि पनि बढ्दैनौँ । अनि समृद्धि कहाँबाट आउँछ ? बाजा बजाएर आउँछ ? धूप बालेर आउँछ ?’ उनले बिना हिच्कचाहट स्थानीय रक्सीलाई ब्राण्डङ गर्न लाग्नु पर्ने बताए ।