विराटनगर – प्रदेश १ सरकारले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।


ADVERTISEMENT


आइतबार एमालेको एकल बहुमत रहेको प्रदेशसभामा विपक्षी दल जनता समाजवादी पार्टीसमेतको समर्थनमा सरकारको नीति तथा कार्यक्रम पारित भएको हो । नीति तथा कार्यक्रम माथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मुख्यमन्त्री राईले किराँतहरुको आस्थाको रुपमा रहेको सप्तकोशी नदीमा रहेको खुवालुङको संरक्षण गरिने दोहोर्याए ।


ADVERTISEMENT

# # #


मुख्यमन्त्री राईले धेरै राम्रा र महत्वपूर्ण काम भएको तर देख्न सक्नु पर्ने बताए । आगामी वर्षको बजेटमा प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिने मुख्यमन्त्री राईले बताए । मुख्यमन्त्री राईले जनताको सुरक्षाका लागि कोरोना विरुद्धको खोप आफैंले किनेर ल्याउने विषय कति सम्भव छ ? भन्दै त्यसका लागि प्रयत्न गर्ने र सम्भव भए अरु धेरै कार्यक्रम रोकेर भएपनि खोप ल्याएर जनताको जीवन रक्षाका लागि पहल गर्ने बताए । उनले मेची अस्पताल, धनकुटा अस्पताल लगायतमा अक्सिजन प्लान्टहरु स्थापना गर्ने गरी पूर्वाधारमा सरकारले बजेटको व्यवस्था गर्ने पनि बताए ।

मुख्यमन्त्री राईले कोशी कोभिड अस्पताललाई कोभिड सकिएपछि प्रदेशस्तरीय प्रसुति तथा महिला रोग उपचार केन्द्रको रुपमा रुपान्तरण गर्ने निर्णय सरकारले गरेको जानकारी दिए । प्रदेशसभाको अर्को बैठक असार १ गते बोलाइएको छ ।