धनुषा – घुस काण्डमा मुछिएका धनुषा बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बर राउतलाई कर्मचारीले फूलमालाले सम्मान गर्दै स्वागत गरेका छन् । तीन महीनापछि कार्यालय पुगेका अध्यक्ष राउतलाई कर्मचारीले सम्मान गरेका हुन् ।


ADVERTISEMENT


गत वर्ष फागुनमा ८ लाख घुससहित रंगेहात फेला परेका राउतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पछ्याएको थियो । त्यसपछि गायब भएका राउत आइतवार कार्यालय आएका हुन् । उनी आफूले लिएको घूस फालेर कार्यालयस्थलबाटै भागेका थिए ।


ADVERTISEMENT

# # #