काठमाडौँ – अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएका कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा विजयी नेता रेशम चौधरीको नयाँ सांगीतिक भिडियो सार्वजनिक भएको छ । कठघरमा उभिएर बोलको गीत उनको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
रेशमको शब्द र संगीत रहेको उक्त गीतमार्फत उनले श्रीरामलाई सम्बोधन गर्दै आफू निर्दोष भएको बताएका छन् । चुप लागेर बसेपछि दोषी ठहराउने चलन भएको भन्दै उनले आफूले न्याय माग र क्षमा नचाहिएको बताएका छन् । उनले दोषीलाई दण्ड दिनुपर्ने निर्दोर्षीलाई थुन्न नपाइने बताएका छन् । ‘कसैको भरि जनमत हुने हाम्रो जनमतको कदर नहुने?’, उनले प्रश्न गरेका छन्, ‘उनैले जनता मार्छन् उनै महाराज बन्छन् हे श्रीमान् न्याय देऊ हामीलाई ।’
कठघरमा उभिएर जति सत्य बोलेर न्याय पाऊँ भनेर झुकेपछि निरीह ठानी दोषी ठहराउने गरेको गुनाशो उनले गीतमार्फत पोखेका छन् ।
सुजेन तिगेला लिम्बु र अनु चौधरीको स्वर रहेको गीतको रेकर्ड विप्लव अधिकारीले र एरेन्ज विष्णु अधिकारीले गरेका हुन् ।
भिडियो हेर्नुहोस् :