गोरखा– धार्चे गाउँपालिका–१ स्थित यारु बगरमा बूढीगण्डकी नदीले केही दिनदेखि परेको लगातारको वर्षाका कारण आएको बाढीले दुई घर बगाएको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार नदीले यात्रु बगरका स्थानीयवासी राजकुमार ढकाल र गोपाल घलेको घर बिहीबार साँझ बगाएको हो ।


ADVERTISEMENT

# # #


त्यस्तै ढकालको घर नजिकै रहेको बाख्रासहितको खोरसमेत बगाएको उनको भनाई छ । घर बगाएको जानकारी पाएलगत्तै प्रहरी टोली त्यहाँ पुगेर पीडित परिवारलाई नजीकै छिमेकीको घरमा राखिएको प्रहरी नायब उपरीक्षक दाहालले जनाए ।

‘पीडित दुई परिवारलाई छिमेकीको घरमा आश्रय लिइरहनुभएको छ । थप जोखिममा परेका परिवारलाई समेत अयन्त्र सारिएको छ’, उनले भने । नदीमा आएको बाढीले यारु बगरका थप सात घरसमेत उच्च जोखिमा रहेको जानकारी आएको प्रहरीले जनाएको छ । रासस