काठमाडौँ – लामो समयको प्रतीक्षासँगै विश्वले आज विश्वकै उत्कष्ट टेस्ट क्रिकेट टिम पाउँदैछ । विश्व टेस्ट च्याम्पियनसिपको उपाधिको लागि आजदेखि भारत र न्यूजिल्याण्ड भिड्दैछन् ।


ADVERTISEMENT


इंग्ल्याण्डको साउथह्याम्टनमा हुने फाइनल खेल नेपाली समयअनुसार अपरान्ह ३ः१५ बजेदेखि सुरु हुँदैछ । कोभिड–१९ को स्वास्थ्य प्रोटोकल अपनाएर हुने खेल करिब ५-६ दिनसम्म चल्ने छ ।


ADVERTISEMENT

# # #


सन् २०१९ देखि सुरु भएको च्याम्पियनसिपमा ९ टोली समावेश थिए । ६ खेल खेलेको भारतले ५ जित अर्थात सहित ७२.२ प्रशित जित सहित फाइनल पुगेको हो भने न्यूजिल्याण्डले ५ खेलमा ३ जित अर्थात् ७० प्रतिशत जितसहित फाइनल पुगेको हो ।

उपाधिका लागि भारतीय टिमको नेतृत्व कप्तान विराट कोहलीले गर्दैछन् भने न्यूजिव्याण्डको टिम कप्तान केन विलियम्सनले सम्हाल्नेछन् । उपाधि विजेताले करिब २० करोड रुपैयाँ पुरस्कार पाउनेछ ।