काठमाडौँ – नेपाली कांग्रेसले आफ्नो १४औँ केन्द्रीय महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कमिटिको बैठकले उक्त निर्णय गरेको सहमहामन्त्री प्रकाश शरण महतले जानकारी दिए ।


ADVERTISEMENT


सहमहामन्त्री महतका अनुसार कांग्रेसले साउन १२ गते गाउँ तथा नगरको वडाको अधिवेशन, साउन १६ गते गाउँपालिका–नगरपालिकाको अधिवेशन, साउन २० गते क्षेत्रीय अधिवेशन गराउने भएको छ । यस्तै एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २३ गते तथा एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २६ गते अधिवेशन गर्ने निर्णय भएको उनले बताए ।


ADVERTISEMENT

# # #


यस्तै भदौ १ र २ गते प्रदेश अधिवेशन गरिने निर्णय गरिएको उनले जानकारी दिए ।

यस्तै बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चामा सहभागी हुन चाहने व्यक्ति र राजनीतिक दललाई समेटेर एकताबद्ध रूपमा अगाडि बढ्ने निर्णय समेत गरेको छ ।

उनले भने, ‘वर्तमान ओली सरकारले जसरी लोकतन्त्र, संविधानको मूल्य र मान्यतालाई एकपछि अर्को गरेर कमजोर गर्ने काम गरेको छ त्यसविरुद्ध बृहत्तर एकता, जो लोकतन्त्रमा विश्वास गर्छ र संविधानमा विश्वास गर्छ ती पार्टीहरू र समूहहरूलाई जोड्दै लाने, एकताबद्ध बनाएर लाने निर्णय आजको पार्टीको बैठकले गरेको छ ।’