काठमाडौँ – गरिमा विकास बैंकले केसीएल असट्युटको शेयर स्वामित्व किनेको छ । गरिमाले केसीएलको ५१.२० प्रतिशत शेयर स्वामित्व किनेको हो ।


ADVERTISEMENT


यससँगैँ केसीएल अब गरिमा विकास बैंकको सहायक कम्पनी बनेको छ भने यसले अब गरिमा क्यापिटलको नामबाट सेवा प्रदान गर्ने छ ।


ADVERTISEMENT

# # #


शेयर खरिद सम्झौतामा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द ढकाल र केसीएलका अध्यक्ष दिपक पाण्डेले हस्ताक्षर गरेका छन् ।

केसीएल नेपाल धितोपत्र बोर्डबाट लाईसेन्स प्राप्त मर्चेन्ट बैंकर हो । यसले लगानी ब्यबस्थापन सेवा प्रदान गर्दै आएको छ ।