काठमाडौँ – सर्वोच्च अदालतले पत्रकारहरुलाई प्राथमिकता दिएर कोभिड १९ विरुद्ध खोप उपलब्ध गराउने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।


ADVERTISEMENT


आइतबार सर्वोच्च अदालतका न्यायाधिश डा. कुमार चुडालको इजलासले उक्त आदेश गरेको हो । पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ धिमिरे र विष्णु गिरी निश्चलले फन्टलाइनमा कार्यरत सबै पत्रकारलाई कोभिड १९ विरुद्धको खोप लगाउन प्राथमिकता दिन सरकारका नाममा आदेश जारी गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन पेश गरेका थिए ।


ADVERTISEMENT

# # #


सर्वोच्चले विपक्षीहरुका नाममा कारण देखाउ आदेश समेत जारी गरेको छ । पत्रकारहरु लीलानाथ धिमिरे र विष्णु गिरीले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । रिटमाथी आइतबार भएको सुनुवाइमा निवेदकहरु लीलानाथ घिमिरे र विष्णु गिरीले भर्च्युअल माध्यमबाट बहस गरेका थिए ।

सर्वोच्चले पत्रकारहरुको पेशागत प्रकृति र परिस्थिति जनसुमदाय वा समुहमा पुग्नु पर्ने वा जनसम्पर्कमा रहनु पर्ने भएकाले पत्रकारको कार्य प्रकृतिको विशेष परिस्थितिलाई समेत मध्यनजर गरी अग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारहरुलाई प्राथमिकता प्रदान गर्न आदेश दिएको छ । कोभिडविरुद्धको पहिलो खोप लगाएकालाई दोस्रो र पहिलो खोप पनि नलगाएकालाई खोप लगाउने आवश्यक व्यवस्था मिलाउन विपक्षीका नाममा सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो ।

निरंतर फ्रन्टलाइनमा समाचार संकलनमा खटिने पत्रकारहरुले किनेर समेत खोप लगाउन नपाएको अबस्थामा सर्बोच्चको अन्तरिम आदेशले राहत दिएको छ । आदेशपछि रिट निवेदक अधिवक्ता लीलानाथ घिमिरेले भने, ‘अब पत्रकार साथीहरुलाई खोप लगाएर ढुक्कले कार्यक्षेत्रमा खटिनसक्ने अवस्था सिर्जना हुने छ ।’

अर्का रिट निवेदक अधिवक्ता विष्णु गिरी निश्चलले सर्वोच्चको आदेश सम्पूर्ण पत्रकारहरुका लागि महत्वपूर्ण उपलब्धी रहेको बताए । सरकारले खोप लगाउन सुरु गरेका बेला पत्रकारहरुलाई जोखिमयुक्त समूहमा राखेर खोप लगाउने व्यवस्था गरेको थियो । अहिले भने पत्रकारहरुलाई उक्त समुहबाट हटाएर खोपमा प्राथमिकता दिएको छैन ।