काठमाडौँ – काठमडौँ उपत्यकामा अब विभिन्न किसिमका पसलहरु पनि खोल्न पाइने भएको छ । आईतबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको बैठकले निषेधाज्ञा खुकुलो बनाएसँगै पसल खोल्न पाइने भएको हो ।


ADVERTISEMENT


बैठकले खाद्यान्ह, फलफूल, दूध, किराना पसललाई दैनिक बिहान ११ बजेसम्म खोल्न दिइने निर्णयलाई निरन्तरता दिएको काठमाडौँका सीडीओ कालीप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार निर्माण सामग्रीका पसलहरु दैनिक बिहान ११ बजेदेखि ६ बजेसम्म खोल्न पाइनेछ ।


ADVERTISEMENT

# # #


पसल खोल्दा मास्क अनिवार्य लगाएको हुनुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने, कोठाहरुको डिस्इन्फेक्सन गरेको हुनुपर्नेछ । मापदण्ड पालना नगरे कारबाही गर्ने सीडीओ पराजुलीले बताए । उनले भने, ‘स्वास्थ्य मापदण्ड पालना नगरेमा हामीले अनुगमन गरेर तत्काल बन्द गर्नेछौँ ।’ संक्रमण दर घटेमा आदेश निरन्तर रहने र संक्रमण दर बढेमा थप अझ कडा पार्नुपर्ने अवस्था आउन सक्ने उनले बताए ।

सम्बन्धित समाचार
काठमाडौँमा निषेधाज्ञा खुकुलो : निजी सवारीमा जोरबिजोर, अरु के के खुले ?

अनलाइन डेलिभरि र सवारी साधन मर्मतका लागि हरेक दिन साँझ ७ बजेसम्मको समय दिइएको छ । यद्दपी जनस्वास्थ्यका मापदण्डहरु अनिवार्य पालना गर्नुपर्ने बैठकले निर्णय गरेको छ ।

कुन बार कस्तो पसल खोल्न पाइन्छ ?

आइतबार, मंगलबार र बिहीबार
– सुन पसल,
– भाँडा, भान्साजन्य र घरायशी सामग्रीका पसलहरु,
– अटोमोबाइल पार्टस् र स्वरुम
– विद्युतीय पसल

सोमबार, बुधबार र शुक्रबार

– डिपार्टमेन्टल स्टोर (ग्रोसरी कक्षबाहेक)
– खेलकुद सामग्रीका पसल
– कपडा, जुत्ता, फेन्सी, कस्मेटिक पसल, टेलरिङ