काठमाडौँ – कृषि विकास बैँकले हर्जाना व्याजमा ५० प्रतिशत देखि १०० प्रतिशत सम्म विशेष छुटको व्यवस्था गरेको छ । बैँकले कृषि विकास बैंक लि.बाट कर्जा सुविधा लिई कारोबार गरिरहेका कर्जा ग्राहकहरुका लागि उक्त व्यवस्था लागू गरेको हो ।


ADVERTISEMENT


कोरोना महामारीले व्यापार तथा व्यवसायमा पारेको आसरलाई मध्यनजर गर्दै उक्त छुट सुविधा ल्याएको बैँकले जनाएको छ । उक्त अवसरको सदुपयोग गरी लाभान्वित हुन बैँकले आग्रह समेत गरेको छ ।


ADVERTISEMENT

# # #


बैँकका अनुसार आफूले कारोबार गर्दै आएका कृषि विकास बैंकका शाखाहरुमा असार महिनाभित्र अवसरको सदुपयोग गर्न सकिनेछ ।