काठमाडौँ – आगामी जुलाई अन्तिम साता स्पेनमा हुने त्रिकोणात्मक एकदिवीय सिरिजको बन्द प्रशिक्षणका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली सदस्यहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।


ADVERTISEMENT


दीर्घायू अस्पतालको सहकार्यमा सोमबार १९ जना खेलाडी र ३ जना अफिसियलहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । खेलाडीको कोरोना रिपोर्ट आएसँगै क्यानले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण भोलिदेखि गर्दैछ ।


ADVERTISEMENT

# # #


क्यानले गत शुक्रबार बन्द प्रशिक्षणका लागि २० जना खेलाडीलाई छनोट गरेको थियो । त्यसमध्ये पृथु बाँस्कोटाले बन्द प्रशिक्षणमा सहभागिता नजनाउने भएसँगै उनको कारोना परीक्षण गरिएको छैन । उनले कारोना संक्रमणले ल्याएको पछिल्लो अवस्था र व्यक्तिगत कारण देखाउँदै बन्द प्रशिक्षणमा सहभागी नहुने बताएका हुन् ।

मुख्य प्रशिक्षक डेभ ह्वाटमोरको कोरोना यसअघि नै परीक्षण गरिसकिएको छ । उनको रिपोर्ट नेगेटिभ आएको छ ।

नेपालले स्पेनमा स्कटल्याण्ड र नामिबियासँग त्रिकोणात्मक एकदिवीय सिरिज खेल्दैछ । विश्वकप लिग–२ अन्तर्गतको उक्त सिरिज स्कटल्याण्डमा हुनुपर्ने थियो । तर, कोरोनाका कारण स्कटल्याण्डले सिरिज आयोजना गर्न नसक्ने जनाएपछि स्पेनमा हुन लागेको हो ।

बन्द प्रशिक्षणमा बोलाइएका २६ खेलाडी

ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख पारस खड्का, दीपेन्द्र सिंह ऐरी, आशिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कमल सिंह ऐरी, अभिनाश बोहरा, सन्दीप जोरा, साहब आलम, सुसन भारी, शरद भेषावकर, विक्रम सोब, पवन सर्राफ र पृथु बास्कोटा ।