काठमाडौँ – आजदेखि काठमाडौँ उपत्यकाको निषेधाज्ञा खुकुलो हुने भएको छ । आइतवार साँझ बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले केही क्षेत्रमा प्रतिवन्ध कायम राखि आंशिक रुपमा बन्दाबन्दी खोल्ने निर्णय गरेको थियो।


ADVERTISEMENT


जसअनुसार नाकामा कडाइ गरि उपत्यकाभित्र निजी सवारी र ट्याक्सी जोर बिजोरमा सञ्चालन हुन दिइने भएको छ । स्वास्थ्य मापदण्ड अपनाएर सर्वसाधारणलाई हिँडडुल गर्न पनि दिने निर्णय बैठकले गरेको छ ।


ADVERTISEMENT

# # #


खाद्यान्न, तरकारी, दूध तथा दूधजन्य पदार्थ, पुस्तक पसल बिहाना ११ बजेसम्म र हार्डवेयर एवं निर्माण सामाग्रीका पसल ११ बजेदेखि साँझ ७ बजेसम्म सँधैँ सञ्चालन हुन पाउनेछन् । अन्य पसलहरु जोर बिजोरमा चलाउन दिने निर्णय बैठकले गरेकोमा सोमवार, बुधवार र शुक्रवार सपिङ मल, खेलकुद सामाग्रीका पसल, कपडा, जुत्ता, गिफ्ट, टेलरिङ पसल र आइतवार, मंगलवार र बिहीवार सुनचाँदी, भाँडा, विद्युतीय सामाग्री, अटोमोबाइल, घरायसी सामान लगायतका पसल संचालन गर्न दिने बताइएको छ । होटल तथा रेष्टुराँ लगायत अन्य सेवा पनि अनलाइनमार्फत तथा टेक अवे सेवा प्रदान गर्न दिने निर्णय बैठकले गरेको छ ।

बन्द खुकुलो भएपछि चियापसल, क्याफे, कफीसप पनि खुलेका छन् भने निजी सवारीमार्फत यातायात सेवा दिइरहेका टुटल र पठाओले पनि आजदेखि सेवा दिने बताएका छन् ।