काठमाडौँ – कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक हुने भन्दै सर्वोच्च अदातमा परेको रिटमा आज सुनुवाइ हुँदैछ ।


ADVERTISEMENT


मंगलवार (आज) सर्वोच्चले दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले कामचलाउका बेला पनि दुई पटकसम्म मन्त्रिपरिषद् पुनःगठन गगरेका थिए । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतका अधिवक्ताले राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई विपक्षी बनाउँदै मन्त्रिपरिषद पुनर्गठनविरुद्ध रिट दायर गरेका थिए । कामचलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक हुने भन्दै रिट निवेदकले अन्तरिम आदेशमार्फत बदर गर्न माग गरेका छन् ।

आजको सुनुवाइपछि सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा प्रधानमन्त्री ओलीले पछिल्लो समय दुई पटकसम्म गरेको मन्त्रिपरिषद पुनर्गठन रद्द हुने छ ।