काठमाडौँ– प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आयोगले तयार पारेर कार्यान्वयनमा ल्याएको तालिकानुसार प्रत्यक्षतर्फको मतपत्र छपाइ शुरु भएको बताएका छन् ।


ADVERTISEMENT


रिपोर्टर्स क्लबले यहाँ आज आयोजना गरेको अन्तरक्रियामा उनले भने, “पहिलो चरणमा हुने समानुपातिकतर्फको मतपत्र छापेर सकिएको छ, प्रत्यक्षतर्फको मतपत्र छपाइ आजबाट शुरु भयो ।”


ADVERTISEMENT

# # #


डा यादवले मतपत्र सम्बन्धित विज्ञसँग छलफल गरेर तयार पारिएको स्पष्ट गरे । उनले भने, “प्रत्यक्ष र समानुपातिकको आधारमा दुई मतपत्र हुन्छ, प्रत्यक्षमा पहिलो ‘क’ खण्डमा प्रदेशसभा र ‘ख’ खण्डमा प्रतिनिधिसभा हुन्छ ।”

डा आयुक्तले राजनीतिक दल र सुरक्षा निकायबाट निर्वाह भएको भूमिका सरहानीय रहेको उल्लेख गर्दै मंसिर १० र २१ गते हुने निर्वाचनका लागि उच्चस्तरको सुरक्षा प्रबन्ध भएको विश्वास दिलाए ।

उनले निर्वाचनसम्बन्धी अदालतको आदेश अहिलेसम्म आयोगले प्राप्त गरेको छैन भन्दै मतपत्र छपाइ नरोकिने र निर्वाचन निर्धारित समयमै हुने स्पष्ट पारे