काठमाडौँ–केहि समयअघि विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी सन्तोषी सुब्बाको शव क्षत विक्षत अवस्थामा प्रहरीले बिहिवार काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा फेला पारेको थियो ।


ADVERTISEMENT


अर्धनग्न अवस्थामा फेला परेको शवको मुख चिन्न नसकिने गरी किचिएको थियो भने घाँटी कसिएको पाइएको थियो । शवको अवस्थाबाट नै विभत्स रुपमा हत्या भएको हुनसक्ने आकलन गर्दै थप अनुसन्धान थालेको प्रहरीले सुब्बाको हत्यामा अभियोगमा एक युवकलाई पक्राउ गरेको छ ।


ADVERTISEMENT

# # #


हत्या अभियोगमा पक्राउ पर्नेमा अन्दाजी २१ वर्षीय युवा सुरेश तिम्सिना हुन् ।

एक प्रहरी अधिकारीका अनुसार, तिम्सिनाले सुरुमा बलात्कार प्रयास गरेको र सुब्बाले प्रतिकार गरेपछि हत्या गरेको पाइएको छ । ‘उनले सुरुमा घाँटी थिचेर ज्यान लिएको र पछि नचिनियोस् भनेर अनुहार क्षतविक्षत हुने गरी प्रहार गरेको देखिएको छ ,’ ती अधिकारीले भने ।

पक्राउ परेका युवकलाई प्रहरीले बिहीबार सार्वजनिक गर्ने तयारी गरेको छ । धनबहादुर तामाङले धर्मछोरी बनाएर आफूसँगै राख्दै आएको सुब्बा तीन दिनदेखि बेपत्ता थिइन् ।