काठमाडौँ – आगामी जुलाई अन्तिम साता स्पेनमा हुने भनिएको नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक एक दिवसीय क्रिकेट सिरिज स्थगित भएको छ ।
नामिबियामा कोरोना महामारी भयावह रुपमा फैलिएपछि अन्तर्राष्ट्रिय उडानमा पनि रोक लागेको, तयारी गर्न नसकेको र केही खेलाडीमा पनि कोरोना देखिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सिरिज स्थगित गरेको हो । सिरिज अर्को वर्ष अर्थात् जुलाई २०२२ सम्मका लागि स्थगित भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
उक्त सिरिज स्कटल्याण्डमा हुने तय भएको थियो । तर, स्कटल्याण्डले कोरोनाका कारण आयोजना गर्न नमानेपछि स्पेनमा सारिएको थियो ।
सिरिजका लागि नेपालले २० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेर बन्द प्रशिक्षण सुरु गरेको थियो । सिरिज स्थगित भएसँगै नेपालको तयारी पनि अन्योलमा परेको छ ।