एजेन्सी – तपाईँ दिनमा कति घण्टा मोबाइलमा बिताउनुहुन्छ रु सोच्नुस् त एक दुई दिन मात्र तपाईँको हातमा मोबाइल भएन भने के गर्नुहुन्छ ? तर संसारमा अझैँ पनि थुप्रै मानिसले मोबाइल फोन बोक्दैनन् । हाल विश्वको कुल जनसंख्या ७ अर्ब ९५ करोड रहेकोमा ५ अर्ब २७ करोडले मात्रै मोबाइल फोन बोक्दछन् ।


ADVERTISEMENT


एक अध्ययनकाअनुसार जसमा पनि २ अर्ब २७ करोडसँग स्मार्टफोन पनि नरहेको देखिएको छ । अध्ययनअनुसार विश्वमा आधाभन्दा बढीसँग स्मार्टफोन छैन, अर्थात् हालसम्म स्मार्टफोन प्रयोगकर्ताको संख्या ३ अर्ब ९५ करोड मात्रै पुगेको छ ।


ADVERTISEMENT

# # #


विगत २५ वर्षमामोबाइल फोन प्रयोगकर्ताको संख्या व्यापक रुपमा बढेको भएपनि विश्वमा केहीले पहुँचको अभावका कारण मोबाइल फोन नबोके पनि केहीले भने मोबाइल फोन बोक्नमै रुचि नदेखाएको भेटिएको छ । नयाँ प्रयोगकर्ता थपिँदै गएतापनि पुराना प्रयोगकर्ताहरुले  मोबाइल फोन र सामाजिक सञ्जालको प्रयोगको समय घटाएको अध्ययनले देखाएको छ ।