काठमाडौँ – गरिमा विकास बैंकले १ अर्बको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ऋणपत्र निष्काशनका लागि नेपाल धीतोपत्र वोर्डमा आवेदन दिएको छ ।
बैंकले १ अर्ब बरावरको १० लाख कित्ता ऋणपत्र निष्काशनका लागि बोर्डमा निवेदन दिएको छ । बैंकले शुक्राबार अर्थात असार ११ गते धितोपत्र बोर्डसमक्ष अनुमति मागेको हो ।
कुल ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि ४ लाख कित्ता र बाँकी ६ लाख कित्ता इकाई बैंकले ब्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ । बैंकले कुल ऋणपत्र निष्काशनका लागि बिक्री प्रबन्धकमा भने एनआइबिएल एस क्यापिटललाई नियुक्त गरेको छ ।