काठमाडौँ– काँग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टी अन्र्तगत वडाको स्तदेखि केन्द्र सम्ममा नै महिलाका सहभागिता बढाउने कुरामा जोड दिएकी छन् ।


ADVERTISEMENT


लोकतान्त्रिक सचेतना अभियानद्वारा आज आयोजित १४ औँ महाधिवेशनमा भएको ‘महिला तथा युवा नेतृत्व, सम्भावना र चुनौती’ विषयक अन्र्तक्रियामा बोल्दै नेत्री कोइरालाले सो धारणा व्यक्त गरेकी हुन् ।


ADVERTISEMENT

# # #


भर्चुअलमार्फत भएको सो उनले महिलाहरु क्षमतावान एवम् सक्षम भएपनि नेतृत्वका लागि पार्टीभित्रबाटै हुने गरेको असहयोगतर्फ असन्तुष्टि समेत जनाएकी छन् । स्थानीय तहमा महिला सहभागिता विस्तारै बढ्दै गए पनि केन्द्रमा भने अत्यन्त न्यून रहेको उनको भनाइ थियो ।

कार्यक्रममा उपस्थित अन्य नेताले पनि उनको सो विचारलाई सम्बोधन गर्दै वडा तहदेखि नै महिला र युवाको सहभागिता बढाउनुपर्ने जोड दिएका छन् ।

सोहि क्रममा काँग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पनि पार्टीभित्रको पदाधिकारीमा महिलालाई स्थान दिनेबारे विधान बनाउँदा कमजोरी भएको बताउँदै उनले भने, ‘आगामी महाधिवेशनबाट काँग्रेस पदाधिकारीमा युवाहरु आउनु पर्दछ ।’ यस्तै, अर्का केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी विधि र विधानमा चल्न नसक्दा अहिलेको अवस्था आएको बताए । उनले पार्टीभित्र व्यक्तिको नभई विधि र विधानको शासन हुनुपर्नेमा जोड दिएका छन् । तल्लो तहबाट नै पार्टीलाई समावेशी बनाउनुपर्ने उनको तर्क छ ।

यसैगरि, सो अवसरमा कार्यक्रममा उपस्थित नेपाल महिला सङ्घकी महासचिव धना खतिवडा, काँग्रेस पाँचथरका सभापति नरेन्द्र केरुङ, ताप्लेजुङका सभापति लीला वोखिमलगायतले केन्द्रीय कार्यसमितिमा महिला सहभागिता बढाउनु पर्नेमा जोड दिएका छन् ।