काठमाडौँ – नेपालमा सोमबार थप दुई हजार ४४४ जनामा कोरोना पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको ६ हजार ६ सय ४८ पिसिआर परीक्षणका क्रममा १ हजार ५ सय ९ जना र ४ हजार ९ सय ९२ एन्टीजेन परीक्षणका क्रममा थप ९३५ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ६८ हजार २२१ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ४२ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


हालसम्म नेपालमा कोरोनाका कारण ९ हजार ५१ जनाले ज्यान गुमाएका छन् । त्यस्तै थप ३ हजार ८ सय ५४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ५ लाख ८८ हजार १८७ जना संक्रमित निको भएका छन् ।

हाल नेपालमा ३७ हजार ९५० संक्रमित आइशोलेशनमा र ३५७ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३३ लाख २९ हजार ६८७ वटा पिसिआर र १ लाख ७९ हजार ९४१ वटा एन्टीजेन परीक्षण गरिएको छ ।