काठमाडौँ – नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुलबहादुर थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।


ADVERTISEMENT


गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले डीआईजी थापालाई एआईजीका लागि सिफारिस गरेको हो । समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) को प्रावधानअनुसार थापालाई बढुवा सिफारिस गरेको हो ।


ADVERTISEMENT

# # #


बढुवा समितिमा गृह मन्त्रालयका सचिव अध्यक्ष, प्रहरी महानिरीक्षक सदस्य सचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहने व्यवस्था रहेको छ । बढुवा सिफारिस गरिएका डीआईजी थापा हाल नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय निर्देशनालय, नक्सालमा कार्यरत छन् ।

यसअघि डीआईजी थापाले अपराध अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व समेत सम्हालेका थिए । उनको नेतृत्वमा देशभित्र र देशबाहिरका अपराध अनुसन्धानको क्षेत्रमा उदाहरणीय कामहरु भएका थिए । उनी तिनै प्रहरी अधिकारी हुन् जसले चर्चित एटीएम लुटपाटमा संलग्न चिनियाँ टोलीलाई समात्न सफल अपरेसन चलाएका थिए ।

नेपाल प्रहरीमा डीआईजी थापालाई एक अब्बल, ईमान्दार, कार्यसम्पादनमा उच्च मूल्यांकन भएका प्रहरी अधिकारीका रुपमा चिनिन्छ ।

No description available.