काठमाडौँ – पार्टीको महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीचको छलफलले तीव्रता पाएको छ ।


ADVERTISEMENT


मंगलबार तीन नेताबीच सिंह निवास चाक्सीबारीमा महाधिवशेन र सभापतिको उम्मेद्वारीका विषयमा छलफल भएको हो । तोकिएको समयमा नै १४ औं महाधिवेशन सम्पनन गराउने र क्रियाशिल सदस्यताका साथै समायोजनाका विषयमा छलफल भएको नेता सिंहले बताए ।


ADVERTISEMENT

# # #


उनले महाधिवेशनलाई लोकतान्त्रिक पद्धती अनुसार अघि बढाउनका लागि प्रक्रिया पुरा गरेकालाई क्रियाशील सदस्यता दिनुपर्नेमा छलफल भएको बताए । अहिलेको अवस्थामा पार्टीलाई लोकतान्त्रिक पद्धती अनुसार चलाउनका लागि शुक्रबार कोइराला निवासमा सवै केन्द्रीय सदस्यहरुसंग छलफल गर्ने सहमति भएको उनको भनाई छ । त्यस्तै त्यसपछि यसअघिको महाधिवेशमा सभापतिको उम्मेद्वार भएकासँग पनि छलफल गर्ने उनले जानकारी दिए ।

सिंह, कोइराला र निधि तीनै जना आगामी महाधिवेशनमार्फत् सभापति बन्न आकांक्षी छन् । निधि वर्तमान सभापति शेरबहादुर देउवानिकट मानिनिन्छन् भने सिंह र कोइराला संस्थापन इतरमा छन् । यसअघि पनि तीन नेताबीच लगातार छलफल भइरहेको छ ।