काठमाडौँ– गैर आवासीय नेपाली संघ (एनआरएनए) जर्मनीमा नेपाली मुलकी निनाम्मा राईका कारण हाल नयाँ तरंग उत्पन्न भएको छ ।


ADVERTISEMENT


एनआरएनए जर्मनीको इतिहासमै हालसम्म खड्किएको अभाव परिपूर्ति गर्दै अध्यक्ष पदका लागि राई खडा भएसंगै यसले नयाँ रेकर्ड कायम राखेको छ । हाल सोही संस्थाको उपाध्यक्ष पद सम्हालेकी राईले आफ्ना केही कार्ययोजनाहरु समेत अध्यक्षको रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् ।


ADVERTISEMENT

# # #


एनआरएनए जर्मनीको एलसीसी सदस्य २००९-२०११ बाट जर्मनीमा रहने सम्पूर्ण नेपालीहरुको सेवामा आफूले सक्दो सेवा प्रदान गर्दै आएको दाबी गर्ने राई तत्काल एनआरएनए जर्मनीको एलसीसीमा २०११–२०१३ महिला सह संयोजक, २०१३-२०१५ मा महिला संयोजक, २०१५-२०१७ मा कोषाध्यक्ष, २०१७-२०१९ कोषाध्यक्षको कुशल भूमिका निर्वाह गर्दै २०१९-२०२१ मा उपाध्यक्षको रुपमा आबद्ध छन् ।

आफ्नो उम्मेदवारीको सन्दर्भमा उनी भन्छिन्, ‘लैङ्गिक समानता तथा महिला सशक्तिकरणका आवाजहरु बुलन्द भईरहेको वर्तमान परिप्रेक्षमा मेरो उमेद्वारी जर्मनीको एनआरएन अभियानमा एउटा कोसेढुङ्गा सावित हुनेछ ।’

युरोपका विभिन्न क्षेत्रीय सम्मेलन बैठक देखी नेपालमा हुने माहाधिवेशनमा पटक-पटक सहभागिता जनाएकी उनले यसअघि नै आईसीसी र एनसीसी एनआरएनए जर्मनीका सबै नेतृत्वहरुसित काम गर्ने मौका पाइसकेकी छन् ।

जर्मनीभरि छरिएर रहेका सम्पुर्ण नेपालीहरुको हकहित, सुरक्षा तथा सवलीकरणका लागि आकष्मिक सेवा कोषको स्थापना गर्नेदेखि लिएर महिला, विद्यार्थी तथा पेशाकर्मीलाई प्राथमिकता दिदैँ समयमै सदस्यता वितरण तथा नवीकरण गर्ने लगायतका उनको कार्ययोजनाहरु रहेका छन् ।