काठमाडौँ – झापास्थित बीएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरलाई एमबीबीएस पढाउन सम्बन्धन दिने नदिने विषयमा इन्पेक्सनका लागि गएको चार सदस्यीय समितिले प्रतिवेदन बुझाउन मानेन ।


ADVERTISEMENT


इन्पेक्सनका लागि बनेको समितिले ७ दिनभित्र प्रतिवदेन बुझाउनपर्ने भएपनि १५ दिन बितिसक्दा पनि चिकित्सा शिक्षा आयोगलाई प्रतिवेदन बुझाएको छैन ।


ADVERTISEMENT

# # #


मंगलवार बसेको आयोगको कार्यकारी समितिको बैठकमा समितिले प्रतिवेदन बुझाउने अपेक्षा गरिएको भएपनि उक्त समितिले प्रतिवेदन बुझाएन ।

आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले गठन गरेको अध्यन समितिमा ‘कन्फिलिट अफ इन्टेष्ट्र’ देखिएको भन्दै इन्पेक्सन समितिका संयोजक प्रा.डा. प्रकाशराज पाण्डेले हस्ताक्षर नगरेका हुन् । आयोगको २८ जेठमा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले बीएण्डसीको एमबीबीएस अध्ययन अनुमतिका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारलगायतका मापदण्डका विषयमा अध्ययन गर्न कार्यकारी समितिलाई निर्देशन दिएको थियो । आयोगका आयोग उपाध्यक्ष गिरीको सम्बन्धनमा ईन्ट्रेष्ट देखिएको भन्दै बीएण्डसी अनुगमन समितिले प्रतिवेदन नबुझाएको हो ।

पाण्डेले उक्त प्रतिवेदन नबुझाउने बताएका छन् । समितिमा पाण्डेसहित विज्ञ डा. भोजराज अधिकारी र आयोगकातर्फबाट प्रा.डा. रमेश आचार्य र सेमन्तराज कोइराला सदस्य रहेको चार सदस्स रहेका छन् ।