काठमाण्डौं (रासस)- विराटनगरस्थित कारागारमा कैद भुक्तान गरिरहेका एक कैदीको शुक्रबार मृत्यु भएको छ ।


ADVERTISEMENT


यो सँगै पछिल्लो तीन महिनामा विराटनगर कागारागरमा कैद भुक्तान गरिरहेका कैदीहरुको मृत्यु संख्या १० पुगेको छ ।
शुक्रबार मोरङको उर्लाबारी–६ का ५७ वर्षीय टेकबहादुर दर्जीको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । यही कात्तिक ७ गतेदेखि श्वासप्रश्वास र मुटुको रोगबाट पीडित उनको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु हो ।


ADVERTISEMENT

# # #


उनले कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेको बताइएको छ । उक्त कारागारमा सो रोगबाट यसअघि पनि कैदी बन्दीको मृत्यु भएको थियो ।