काठमाडौँ –  स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सातौं राष्ट्रिय शिखर सम्मेलन असार १७ र १८ गते हुने भएको छ ।


ADVERTISEMENT


परिषद्ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कोरोनाका कारण यसअघि स्थगित गरिएको सम्मेलन बिहीबार र शुक्रबार हुने जानकारी दिएको हो । परिषद्का कार्यकारी सदस्य सचिव डा प्रदीप ज्ञवालीका अनुसार सम्मेलन कार्यालयबाटै भर्चुअल माध्यमबाट हुनेछ ।


ADVERTISEMENT

# # #


स्वास्थ्य तथा जनसंख्याका विषयमा नयाँ नयाँ अनुसन्धान गर्न र गर्न विगत सात वर्षदेखि वार्षिक रुपमा शिखर सम्मेलन गर्दै आएको ज्ञवालीले जानकारी दिए ।

विज्ञहरुलाई एकै ठाउमा राखेर जनस्वास्थ्य संकटको बेला अनुसन्धानको आवश्यकताको बारेमा छलफल गर्ने तथा जिम्मेवारीपूर्वक अनुसन्धान कार्य गर्न अभिप्रेरित गर्ने लक्ष्यका साथ सम्मेलनको आयोजना गरिएको ज्ञवालीले बताए ।

सम्मेलनमा खोज तथा अनुसन्धानका बारेमा ४७ वटा अनुसन्धान कार्यहरुको प्रस्तुती, १९ वटा पोष्टर तथा २४ वटा आमन्त्रित प्रस्तुतिकरण रहने उनको भनाई छ ।

सम्मेलनबाट उत्कृष्ठ बैज्ञानिकहरुको छनौट गरि विभिन्न अवार्डबाट सम्मानित गरिने परिषद्ले जनाएको छ ।