काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भूर्तेल र कप्तान ज्ञानेन्द्र मल्लको वरियतामा सुधार आएको छ ।


ADVERTISEMENT


अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले जारी गरेको टी-२० क्रिकेटको पछिल्लो बरियतामा भूर्तेल ६०औँ स्थानमा तथा मल्ल ९२औँ स्थानमा रहेका थिए । यसअघि भूर्तेल ६१औँ तथा मल्ल ९४औँ स्थानमा थिए ।


ADVERTISEMENT

# # #


आईसीसीले जारी गरेको बरियतामा नेपालबाट भूर्तेल र मल्लसहित चार खेलाडी समेटिएका छन् । वरियतामा परेका अन्य खेलाडीमा पूर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने रहेका छन् । पछिल्लो बरियतामा खड्का ८८औँ स्थानमा रहेका छन्। यस्तै लामिछाने ७६औँ स्थानमा रहेका छन् । नयाँ वरियता अनुसार टी-२० क्रिकेटमा नेपाल १३औँ स्थानमा रहेको छ ।