काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सरकार ढालेर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन भनेर अराजनीतिक क्रियाकलाप शुरू भएको बताउनुभएको छ ।


ADVERTISEMENT


नेकपा एमाले केन्द्रीय कमिटीको १३ औं बैठकलाई शुक्रवार बालुवाटारमा सम्बोधन गर्दै उनले सरकार ढाल्ने र बनाउने खेलमा मुलुकलाई अनुशासनहिन, उच्श्रृंखल सामाजिक सभ्यतालाई तोड्ने प्रवृति हावी भएको समेत बताए


ADVERTISEMENT

# # #


उनले राजनीतिक मुद्धालाई अदालतमा पठाइएको र अदालतलाई दबाब दिने प्रयास भइरहेको जिकिर गरे । ‘जनतामा जान नदिने, समस्याको समाधान संसदमा हुन नदिने र अदालतबाट समाधान गर्ने प्रयासहरु भइरहेका छन् ।’ उनले भने, ‘अदालतलाई दबाब दिनका लागि र खासगरी प्रगतिशील शक्तिलाई बदनाम गर्नका लागि, कमजोर र छिन्नभिन्न पार्नका लागि अनेक प्रयास भइरिहेका छन् ।’

उनले हजारौं प्रयासका बाबजुद पार्टीलाई एक हुन नदिने खेल भइरहेको बताए । उनले कोरोनाबाट लडिरहेका बेला आन्दोलन गरेर निकृष्ठ तवरले दलहरु प्रस्तुत भएको तर्क गरे । ओलीले अनुशासन तोड्नुलाई बहादुरी ठान्ने प्रवृत्ति बढेकोमा चिन्ता व्यक्त गरे ।

उनले प्राकृतिक प्रकोप लगाएतका अन्य बिपतमा जनताको जिउधनको रक्षा गर्न सरकार प्रतिवद्ध रहेको जिकिर गरे । त्यस्तै ओलीले आफ्नो नेतृत्वको सरकारले मुलुकको विकासमा असाधारण प्रगति हासिल गरेको बताए ।