काठमाडौँ– सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले लोकतन्त्र जोगाउनका लागि लोकतन्त्रवादीहरू एकजुट हुनुपर्ने बताएकी छन् ।


ADVERTISEMENT


लोकतान्त्रिक नागरिक समाजले हिजो गोकर्णेश्वरमा आयोजना गरेको ‘समुन्नत समाज निर्माणका लागि लोकतान्त्रिक सुदृढीकरण अभियान’ विषयक अन्तरक्रियामा मन्त्री बस्नेतले लोकतन्त्र खतरामा पर्दै गएको भन्दै लोकतन्त्रवादीले यसलाई जोगाउन लाग्नुपर्ने बताइन्। “वामपन्थी दलको तालमेलले लोकतन्त्र खतरामा पर्दै गएको छ,” मन्त्री बस्नेतले भनिन् ।


ADVERTISEMENT

# # #


अभियानका संयोजक कुमारराज सुवेदीले लोकतन्त्रको रक्षाका लागि नागरिक समाजको भूमिका महत्वपूर्ण रहेको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी गराए ।