काठमाडौँ – सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिलकुमार पोखरेलले कार्यभार सम्हालेका छन् । गत जेठ २८ गते बसेको बैंकको ३४५ औँ सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि पोखरेललाई सीईओमा नियुक्त गरेको थियो ।


ADVERTISEMENT


उनी वैशाख १८ गते देखि का.मु. सीईओका रुपमा कार्यरत थिए भने विगत दुई वर्षदेखि सिभिल बैंकमा डेपुटी सीईओका रुपमा आवद्ध हुनुहुन्थ्यो । कार्यभार सम्हाल्दै सीईओ पोखरेलले डिजिटलाईजेसनको माध्यमबाट कर्मचारीहरुको कार्य क्षमतामा अभिवृद्वि गर्दै कागजरहित बैंकको रुपमा अग्रसर हने बताए । उनले ग्राहकमैत्री विविध नवीन योजनाहरु ल्याउँदै बैंकले व्यवसायको आयतनमा व्यापक वृद्धि गरी शेयर होल्डरलाई उचित प्रतिफल प्रदान गर्ने उल्लेख गरे ।


ADVERTISEMENT

# # #


सिभिल बैंकका अध्यक्ष इच्छा राज तामाङ्गले सीईओ पोखरेलको तीन दशकको अनुभवले सिभिल बैंकलाई नयाँ उचाईमा पुर्याउने कुरामा आफू विश्वस्त रहेको बताए । उनले बैंकले चालु आ.व.मा व्यवसायिक आकारमा राम्रो प्रगति रहेको तथा आगामी दिनहरुमा समेत निरन्तर प्रगति अगाडि बढ्नेमा विश्वास व्यक्त गरे ।

गत वैशाख १८ गते बैंकका तत्कालीन सिइओ गोविन्द गुरुङले राजीनामा दिएपछि हालसम्म बैंक सीइओविहीन थियो । सन् १९९१ देखि बैंकिङ सेवामा प्रवेश गरेका पोखरेलसँग एनआइसी, नबिल, स्टाण्डर्ड चार्टर्ड बैंक हुँदै म्यानमारको एशियन ग्रिन डेभलपमेन्ट बैंकमा काम गरेको अनुभव छ ।

स्वदेशी तथा विदेशी बैंकमा लामो समय काम गरेका कारण उनलाई धेरैले विदेशी बैंकिङसम्बन्धी राम्रो ज्ञान तथा अनुभव भएको बैंकरका रूपमा लिने गरेका छन् । उनीसग विदेशी बैंकमा तीन वर्ष काम गरेको अनुभव छ ।

सिभिल बैंकले चालु आर्थिक वर्षको जेष्ठ मसान्त सम्म रु. ८८.९४ अर्बको निक्षेप र रु. ८३.६० अर्बको कर्जा विस्तार गर्न सफल भएको छ ।