काठमाडौँ – विपक्षी गठबन्धन आवद्ध विद्यार्थी संगठनहरुले शुक्रबार पनि सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT


विपक्षी गठबन्धन आवद्ध विद्यार्थी संगठनहरुले शुक्रबार विभिन्न क्याम्पस अगाडी सरकारको विरोध गर्दै प्रदर्शन गरेका हुन् । सो क्रममा विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला दहन गरेका थिए । काठमाडौंको शंकरदेव क्याम्पस अगाडी पुत्ला दहन गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो भने केहि विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।


ADVERTISEMENT

# # #


त्यस्तै शुक्रबार नै विद्यार्थीहरुले काठमाडौंको मीनभवन क्याम्पस अगाडी राके जुलुस सहित प्रधानमन्त्रीको पुत्दा दहन गरेका छन् । प्रतिनिधिसभा विघटन गर्दै प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको, मुलुकमा भ्रष्टचार र मूल्यबृद्धि भएको, जनताको न्यूनतम आधारभूत आवश्यकता पूरा गर्न नसकेको लगाएका माग राख्दै विद्यार्थीहरुले विरोध जनाएका हुन् । उनीहरुले प्रधानमन्त्रीले आफ्नो कदम नसच्चाएसम्म आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

सरकारको कामकारवाहीको विरोध गर्दै विद्यार्थी संगठनहरुले बिहीवार पनि विरोध प्रदर्शन गरेका थिए ।