काठमाडौँ – काठमाडौँमा अब सानो क्षमताका सार्वजनिक यातायात माइक्रो बस र टेम्पो पनि चल्ने भएका छन् । आइतबार बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको बैठकले बस र टेम्पोलाई पनि चलाउन दिने निर्णय गरेको हो ।


ADVERTISEMENT


असार २२ गतेदेखि लागू हुने २५ सिट भन्दा कम क्षमताका सार्वजनिक सवारीलाई पनि खुलाइएको काठमाडौँका सीडीओ काली प्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार माइक्रोको तेस्रो सिटमा ४–४ जनाका दरले ८ जना र चालक छेउमा एक जना गरी ९ जना यात्रुभन्दा धेरै बोक्न पाइने छैन।


ADVERTISEMENT

# # #


दुईमहिने निषेधाज्ञापछि असार १५ गतेदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन गर्न दिइएको थियो । तर, २५ सिट भन्दा कम क्षमताका र्सावजनिक सवारी भने खुलेका थिएनन् ।

यस्तै बैठकले सवारीमा लगाइएको जोरबिजार प्रणाली पनि हटाएको छ । प्रशासनको अनुमतिमा लामो तथा छोटो दुरीका सार्वजनिक तथा निजी सवारीसाधनहरु उपत्यकामा प्रवेश गर्न पाउने छन् ।

यद्दपी बैठकले निषेधाज्ञालाई असार ३१ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । लामो दूरीका सवारी, सभा सम्मेलन, शैक्षिक संस्था, भिडभाड हुने क्षेत्रहरु पार्टी प्यालेस, सिनेमा हल, दर्शकसहितका खेलकुद गतिविधिहरुमा लगाइएको प्रतिबन्धलाई जारी राखिएको छ ।

कारोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले गत वैशाख १६ निषेधाज्ञा जारी गरेको थियो ।