काठमाडौँ – अब पूर्वनिर्धारित सबै किमिसमका लिखित र प्रयोगात्मक परीक्षाहरु सञ्चालन गर्न पाइने भएको छ ।


ADVERTISEMENT


आइतबार बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको बैठकले एउटा कोठा वा हलमा २५ जनाभन्दा कम सहभागी राखेर सञ्चालन गर्न पाइने निर्णय गरेको हो । एकै दिनमा २५ जनाभन्दा बढी जम्मा हुने अवस्था भएमा ‘सिफ्ट’ बाँडेर सञ्चालन गर्नुपर्ने काठमाडौँका सीडीओ काली प्रसाद पराजुलीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनका अनुसार ‘सिफ्ट’मा परीक्षा सञ्चालन गर्दा प्रत्येक ‘सिफ्ट’ सकिएपछि अनिवार्य रुपमा निसंक्रमित गर्नुपर्नेछ । परीक्षा सञ्चालनको अवधिमा जनस्स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उनले बताए ।

परीक्षा हलमा प्रवेश गर्नुपूर्व र परीक्षा सकिएपछि निस्किँदा अनिवार्य रुपमा सरकारले तोको मापदण्ड अनुसारको भौतिक दूरी कायम गराउनु पर्नेछ ।

यस्तै बैठकले गोष्ठी, सेमिनार, बैठक, प्रशिक्षण लगायतका क्रियाकलाप सकभर ‘भर्च्युअल’ रुपमा नै गर्न अनुरोध गरेको छ । भौतिक रुपमा गर्नुपर्ने भएमा २५ जनामात्र सहभागी हुने गरी जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गरेर सञ्चालन गर्न सकिने छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले गत वैशाख १६ निषेधाज्ञा जारी गरेको थियो ।