काठमाडौँ – राप्ती नगरपालिकामा स्थानीयवासीले गरेको पूर्व–पश्चिम राजमार्गको अवरोध खुल्ला भएको छ । जिल्लाको राप्ती नगरपालिका—३ का २३ वर्षीया सुजिता भण्डारीको शव जङ्गलमा फेला परेपछि स्थानीयवासीले निष्पक्ष छानविनको माग गर्र्दै राजमार्ग अवरुद्ध गरेका थिए । बिहान १०ः१५ बजेदेखि अवरुद्ध सडक साँझ ६ बजे खुलेको हो ।


ADVERTISEMENT


स्थानीयवासीले शव ल्याउँदै गरेको एम्बुलेन्ससमेत रोकेर राखेका थिए । राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालका अनुसार जनप्रतिनिधि, दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा पीडित पक्षसँग सहमति गरी बाटो खुलाइएको छ । शवको पोष्टमार्टम गरेर सत्य तथ्य पत्ता लगाई अपराधीलाई कडाभन्दा कडा कारवाही गर्ने, शवको पोष्टमार्टम गर्दा परिवारका दुई र परिवारले भनेका एक जना विज्ञको सहभागिता रहने तथा नेपाल सरकारसँग राहतका लागि अनुरोध गर्ने सहमति भएको प्रमुख बरालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


आइतबार साँझ स्थानीय ब्रम्हस्थानी सामुदायिक वनमा भण्डारीको शव फेला परेको थियो । उनी असार ११ गतेदेखि हराइरहेकी थिईन् । यही असार ११ गते बिहान ६ बजे घरबाट हिडेकी भण्डारी सोही दिनदेखि वेपत्ता भएकी थिइन् । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् ।

जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गलेको अवस्थामा फेला परेकोे छ । वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । रासस