काठमाडौं- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले अर्को जित हात परेको छ । शनिबार राति भएको खेलमा यथ्लेटिको विल्बाओलाई २-० ले पराजित गर्दै लिगमा नवौं जित दर्ता गर्न सफल भएको हो ।


ADVERTISEMENT


बार्सिलोनाको जितका लागि मेसीले खेलको ३६ औं मिनेटमा गोल गरे भने पाउलिन्होले खेल सकिनै लाग्दा अतिरिक्त समयमा गोल गरे । यथ्लेटिको विल्बाओले दोस्रो हाफमा बार्सिलोनालाई निकै दवावमा राखे पनि गोल गर्न भने सकेन । जितसँगै बार्सिलोनाको २८ अंक पुगेको छ ।
शनिबार राति नै भएका ला लिगाका अन्य भ्यालेन्सियाले अलाभेजलाई २-१ ले पराजित गर्‍यो भने सेभिल्लाले पनि लेगानेजलाई २-१ ले नै पराजित गर्‍यो । यथ्लेटिको मड्रिड र भिल्लारियले १-१ को खेले । १० खेलबाट २८ अंक रहेको बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा कायम छ । समान खेलबाट २४ अंक रहको भ्यालेन्सिया दोस्रो स्थानमा छ । १ खेल कम खेलेको रियल मड्रिड २० अंकसहित तेस्रो स्थानमा रहेको छ ।  – आजको अन्नपूर्णबाट


ADVERTISEMENT

# # #