काठमाडौँ – जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बुधवार बिहान बाँडफाँट भएको छ ।


ADVERTISEMENT


विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा विहान ९ः३० बजे आईपीओ बाँडफाँट भएको हो । कम्पनीको आईपीओ योग्य २० लाख १८ हजार ३०८ जनामा गोलाप्रथाको माध्यमबाट बाँडफाँट गरिएको हो ।


ADVERTISEMENT

# # #


कुल योग्य आवेदकहरु मध्येबाट १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले हात पारेका छन् भने यी मध्ये ५ जनाले थप एक कित्ताका दरले ११ कित्ता शेयर हात पारेका छन् ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार जीवन विकासको आईपीओका लागि कुल २० लाख ८७ हजार ३१७ जनाले ३ करोड १२ लाख ९९ हजार ३४० कित्ताका लागि आवेदन दिएका थिए ।

जसमध्ये ३ हजार ४७१ जनाको आवेदन रद्द भएको र ६५ हजार ५३८ जनाको आवेदन आस्बाबाट अस्वीकृत भएको क्यापिटलले जनाएको छ ।