पाल्पा– जिल्लामा आज बिहान टिप्पर दुर्घटना हुँदा पूर्वखोला गाउँपालिका–५ वीरकोटका २६ वर्षीय सवारी चालक को मृत्यु भएको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार चुनढुङ्गा बोकेर पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ८२० नंको टिप्पर सिद्धार्थ राजमार्गको चरचरेमा भएको दुर्घटनामा सुदीप गैरेको मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


सडकदेखि ३०० मिटर तल खोलामा टिप्पर खस्दा घाइते भएका चालक गैरेलाई उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस