काठमाडौँ – यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भोलि (असार २४ गते)बाट सर्वसाधारणहरुको लागि धितोपत्रको सार्वजनिक निष्काशन साधारण शेयर (आईपीओ)बिक्री गर्ने भएको छ ।


ADVERTISEMENT


कम्पनीको आफ्नो जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशतले हुन आउने ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।


ADVERTISEMENT

# # #


उक्त शेयर कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी रहेको ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता देखि अधिकतम ३२ हजार २५० कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट र सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।

कम्पनीको आईपीओ खरिदका लागि छिटोमा असार २८ गतेसम्म आवेदन दिन सकिने छ । त्यस दिनसम्म माग गरिए भन्दा कम आवेदन परेको खण्डमा भने साउन ७ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने जनाइएको छ ।

कम्पनीको आईपीओको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी कार्य प्रभु क्यापिटल लिमिटेड मार्फत भएको हो ।