काठमाडौँ – ललितपुर महानगरपालिकाले सडक पेटी मासेर पाटी बनाउने प्रक्रिया अघि बढाएको छ । महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटी बनाउनका लागि भैपरी रकमबाट बजेट विनियोजन गरेका हुन् ।


ADVERTISEMENT


महानगरपालिको वार्षिक नगरविकास आयोजना अन्तर्गत प्रर्याप्त जग्गा अभावका बीच पुल्चोकस्थित सडक पेटीमै समय फल्चा (पाटी) पुननिर्माण गर्ने भन्दै ३० लाख रकम छुट्याएको हो ।


ADVERTISEMENT

# # #


महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को शुरुदेखि नै पाटी निर्माणको काम शुरु गर्ने तयारी गरेको छ ।

जबकी, सडक विभागले यसलाई ऐनविपरित भन्दै गत वर्ष पुस अन्तिम साता निर्माण रोक्न परिपत्र गरेको थियो । विभागले सडक सिमाभित्रको निर्माण कार्य रोक्न निर्देशन दिएको थियो ।

No description available.

स्थानीय अमृत कुमार अर्यालको निवेदनमाथि विभागले पुल्चोक बनाउने भनिएको समय फल्चा नामको पाटीको निर्माण रोक्न भनेको थियो ।

विभागका अनुसार सडकको केन्द्रविन्दूदेखि ११/११ मिटरभित्रको जमिन सरकारी जग्गाभित्र पर्ने र त्यहाँ सार्वजनिक सडक ऐन, २०३१  अनुसार अन्य संरचनाहरु गर्न निर्माण गर्न पाइँदैन ।

महानगरपालिकाका प्रवक्ता राजु महर्जनले पाटी बनाउन बजेट विनियोजन गरेको र आगामी आर्थिक वर्षको शुरुआतसँगैँ काम अघि बढाउने हिमालय पोष्टलाई बताए । ‘धेरै पुरानो पाटी हो, पेटीमा पर्यो भनेर ऐतिहासिक संरचना मास्ने कुरा पनि भएन,’ उनले भने । उनले नयाँ भवन बनाउन भन्दा पनि पुरानै भवन पुननिर्माण गर्न लागिएको दाबी गर्दै ऐतिहासिक संरचना संरक्षणका हिसाबले यो महत्वपूर्ण भएको बताए ।