काठमाडौँ – नेपालमा बिहीबार थप १ हजार ८ सय ७५ जनामा कोरोना पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको ५ हजार ३७४ पिसिआर परीक्षणका क्रममा १ हजार २ सय ७५ र ५ हजार १३० एन्टीजेन परीक्षणका क्रममा ६५७ जनामा कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९२ हजार ८४९ पुगेको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै कोरोनाका कारण २९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण मत्यु हुनेको संख्या ९ हजार ३ सय २० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप १२ सय ८६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख १५ हजार ६१३ संक्रमित निको भएका छन् । हाल नेपालमा २६ हजार ४४७ सक्रिय संक्रमित आइशोलेशन र ३ सय जना क्वारेन्टाइनमा छन् । हालसम्म ३३ लाख ९६ हजार ७५३ पिसिआर र २ लाख २२ हजार ५५१ वटा एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।