काठमाडौँ– नेकपा (माओवादी केन्द्र) को सहायक संगठन वाइसिएल नेपालले आज देशैभरका छ हजार ७४३ वडामा वडा सम्मेलन सम्पन्न गरेको छ ।


ADVERTISEMENT


सम्मेलनलाई चुनावी अभियानका रुपमा अगाडि बढाउने लक्ष्यका साथ सम्पन्न गरिएको संगठनका अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार आसन्न प्रतिनिधिसभा र प्रदेशसभालाई मध्यनजर गर्दै आज देशभरका वडा सम्मेलन सम्पन्न गरिएको हो ।


ADVERTISEMENT

# # #


निर्वाचनका लागि शान्तिपूर्ण एवं भयरहित वातावरण बनाउन वाइसिएलले ‘एक बुथ १०० युथ’को नारा अगाडि सारेको छ ।

वाइसिएल नेपालका प्रचार विभाग प्रमुख पुष्प ओलीका अनुसार छठ पर्वका कारण तराईका केही वडावाहेक देशका सवै वडामा सम्मेलन भव्यताका साथ सम्पन्न भएको जानकारी दिए ।

सम्मेलनबाट निर्वाचित पदाधिकारीलाई आजैदेखि आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनलाई विजयी गराउने लक्ष्यका साथ चुनावी गठबन्धनमा सहभागी हुन निर्देशन दिइएको छ ।

यसअघि, वाम गठबन्धनको पक्षमा रहेका वाइसिएल नेपाल र नेकपा (एमाले) निकट युवा संघ नेपालको शुक्रबारको संयुक्त बैठकले निर्वाचन सफल बनाउन युवा परिचालन गर्ने निर्णय गरेको थियो ।