काठमाडौँ – नेकपा एमालेको विवाद समाधान कार्यदलले विवादित बिषयमा सहमति जुटाएको छ ।


ADVERTISEMENT


सिंहदरबारमा शुक्रबार बसेको करिव सात घण्टा लामो बैठकले सहमतिका लागि तयार गरिएको मस्यौदामाथि सहमति जुटाएको हो । सहमति जुटेको मस्यौदालाई शनिबार अन्तिम रुप दिने नेताहरुले जनाएका छन् । वैठकपछि कार्यदलका सदस्य प्रदिप ज्ञवालीले पार्टीमा एकता कायम गर्ने विषय टुंगोमा पुगेको बताए ।


ADVERTISEMENT

# # #


‘आजको बैठक निकै लामो, निकै सौहार्दपूर्ण छलफलमा बिताएका छौँ ।’ उनले भने, ‘झण्डै ७ घण्टाको बैठकबाट पार्टीलाई सुदृढ गर्ने सन्दर्भमा सहमतिमा पुगेका छौँ ।’ त्यस्तै उनले सहमतिको दस्तावेजलाई अन्तिम रुप दिन भाषिक परिमार्जनका लागि भोलि शनिबार बैठक बस्ने जानकारी दिए । उनले सहमतिका बुँदा थाहा पाउन केहि समय कुर्न आग्रह गरे ।

त्यस्तै एमाले नेता गोकर्ण बिष्टले लामो छलफलपछि धेरै विषयमा सहमति जुटेको बताए । उनले केहि विषयमा शनिबार छलफल हुने बताए । उनले भने, ‘लामो समयपछि हामी सहमतिमा पुगेका छौँ । एकाध विषयहरु अझैँ टुंगिन बाँकी छन् । लामो समय बैठक बसेकाले बाँकी रहेका विषय भोलि सकौँ भनेर आजका लागि बैठक स्थगित भएको छ ।’

एमालेको विवाद समाधानका लागि कार्यदल केहि दिनदेखि निरन्तर छलफलमा छ ।